काठमाडौँ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाली कम्युनिष्ट (परिवर्तन) पार्टीका केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मा प्रवेश गरेका छन् ।
आज पेरिसडाँडामा आयोजित एक कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढकाललाई पार्टीमा स्वागत गरेका हुन् । ढकालसँगै अखिल (समाजवादी) का महासचिव प्रकाश जप्रेल, सचिवालय सदस्य लोकेश जोशी लगायत ८ जना केन्द्रीय सदस्य पनि नेकपामा प्रवेश गरेका छन् ।
अधिवक्तासमेत रहेका ढकाल काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् । उनी पछिल्लो समय विप्लव र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का निकट र विश्वासपात्र मानिन्थे । उनको पार्टी प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।