बारामा एकै परिवारका आमा–छोराको विभत्स हत्या, दुई घाइते

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

17
Share
Featured
  • बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात समूहको धारिलो हतियार आक्रमणबाट आमा सुमित्रा देवी मण्डल (४६) र छोरा रामेश्वर मण्डल (२४) को घटनास्थलमै मृत्यु भएको छ।
  • आक्रमणमा घरमुली जगरूप मण्डल (५०) र छोरी रिना कुमारी (२२) गम्भीर घाइते भएका छन्, जसको एलएस न्युरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ।
  • प्रारम्भिक रूपमा रिसइबीको आशंका गरिए पनि हत्याको कारण र संलग्न व्यक्ति खुल्न सकेको छैन; प्रहरीले कुकुरसहितको टोली परिचालन गरी अनुसन्धान तीव्र बनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका दुई सदस्यको निर्मम हत्या भएको छ ।

बुधबार बिहान करिब ३ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया आमा सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार, अज्ञात व्यक्तिको आक्रमणबाट परिवारका अन्य दुई सदस्य समेत गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा ५० वर्षीय घरमुली जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी रहेका छन्।

घाइते बाबु र छोरीको अवस्था गम्भीर रहेको र उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा रिसइबीका कारण हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि हत्याको स्पष्ट कारण र संलग्न व्यक्तिहरूको पहिचान अझै हुन सकेको छैन। “हत्या कसले र किन गरेको हो भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ,“ डिएसपी पण्डितले भ ने।

यस घटनाले स्थानीय रहरियाडी क्षेत्रमा त्रास फैलाएको छ। प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर सुरक्षा सतर्कता बढाएको छ भने तालिमप्राप्त कुकुर सहितको टोली परिचालन गरी दोषीको खोजी कार्य तीव्र पारेको छ।

यो समाचारमा

काठमाडौँबारापरवानीपुर गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...