
सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको बीभत्स हत्याले यतिबेला सिङ्गो मुलुकलाई फेरि एकपटक स्तब्ध र आक्रोशित बनाएको छ। फागुन २३ गते ट्युसन पढ्न हिँडेकी बालिका जङ्गलको झाडीमा रक्ताम्मे अवस्थामा फेला पर्नु र अस्पताल पुर्याउँदा प्राण पखेरु उडिसक्नु हाम्रो समाज र सुरक्षा व्यवस्थाका लागि लज्जास्पद विषय हो। यो घटनाले वि.सं. २०७५...