सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

21
Share
Featured
  • मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट विद्रोह गरी भिम चापागाईं नेतृत्वको समूह नेकपामा समाहित।
  • नेकपा संयोजक प्रचण्डले देशमा सिद्धान्त र विचारको खडेरी रहेको र सामाजिक सञ्जालको स्टण्ट राजनीतिलाई वाम एकताबाट मात्र चुनौती दिन सकिने भनाइ।
  • जेनजी आन्दोलनपछि देश गम्भीर अवस्थामा पुगेको भन्दै विदेशी चलखेल रोक्न वाम एकता आवश्यक रहेको र वाम एकताको संख्या २३ पुग्ने दाबी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समुह) पार्टीबाट विद्रोह गरी पोलिट ब्यूरो सदस्य भिम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ ।

मंगलबार मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपामा समाहित भएको हो ।

उक्त समाहित कार्यक्रममा बोल्दै नेकपाका संयोजक पुष्पकमल दाहालले अहिले देशमा सिद्धान्त र विचारको खडेरी लागेको बताए । अहिले सामाजिक सञ्जालमा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै यसलाई वामपन्थीहरु एकताबद्ध भएर मात्रै चिर्न सकिने उनको भनाई छ ।

उनले भने,‘अहिले देशमा सिद्धान्त र विचारको खडेरी छ । सोसल मिडियामा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भएको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्नसकिन्छ ।’

त्यस्तै उनले सिद्धान्ताको दृष्टिकोणले अध्यक्ष किरणप्रति सम्मान रहेको बताउँदै तर बौद्ध भिक्षुक रहेसम्म उनको घण्टी बजाउने तरिकाले यो देशमा केही नहुने टिप्पणी गरे ।

‘किरण जीलाई मैले पनि आदार गर्छु, सिद्धान्तको दृष्टिकोणले मेरो मनमा उहाँप्रति आक्रोस छैन, उहाँलाई अपमान गर्न पनि कुनै मन छैन , तर उहाँले बौद्ध भिक्षुक रहेसम्म घण्टी बजाउने तरिकाले यो देशमा हुनेवाला केही छैन, ’उनले भने ।

संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि राष्ट्र गम्भीर र असाधारण अवस्थामा पुगेको भन्दै यस्तो परिस्थितिमा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने र विदेशी चलखेल रोक्न आवश्यक रहेको कारण वाम एकताको अभियान सुरु गरेको बताए । उनको अनुसार भोलीसम्म वाम एकताको संख्या २३ पुग्दैछ ।

यो समाचारमा

पुष्पकमल दाहालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    Data is loading...

    Loading brands...

    Loading footer...