दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने

Author

सजिलो पत्रिका

२०८२ माघ १२, सोमबार

26
Share
Featured
  • २०२६ जनवरी ३१ मा दशरथ रंगशालामा नेपाली राष्ट्रिय यू–२० महिला टोली र चीनको युनान यूथ महिला टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने।
  • खेल चिनियाँ नयाँ वर्षको अवसरमा एन्फा, युनान विश्वविद्यालय र नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा, चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा आयोजना।
  • यस खेलले नेपाली यू–२० महिला टोलीको तयारी र अन्तर्राष्ट्रिय अनुभव बढाउने अपेक्षा, खेलको प्रत्यक्ष प्रसारण साउथ एशिया नेटवर्क टिभीको वेबसाइटबाट हुने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी २०२६ जनवरी ३१ का दिन दशरथ रंगशालामा नेपाली राष्ट्रिय यू–२० महिला फुटवल टोली र चीनको युनान यूथ महिला टोलीबीच एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनिया संघको संयुक्त आयोजना तथा नेपालस्थित चिनिया राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको जानकारी गराइएको हो ।

चिनिया नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिन लागेको यस खेलले नेपाली यू–२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

साथै, यस प्रकारका मैत्रीपूर्ण खेलहरूले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्नुका साथै नेपाली महिला फुटवलको समग्र विकासमा महत्वपूर्ण योगदान पुयाउने विश्वास लिइएको छ ।

खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिने कार्यक्रम रहेका छ ।

उक्त खेलका लागि चिनियाँ टोली २०२६ जनवरी २९ मा नेपाल आइपुग्ने जानकारी तयारी गरिएको छ । एन्फाले विगत तीन वर्षदेखि नेपाल र चिनियाँ युवा टोलीहरूबीच यस प्रकारका मैत्रीपूर्ण खेलहरूको आयोजना गर्दै आइरहेको छ ।

यस खेलका लागि नेपाली राष्ट्रिय यू–२० महिला टोली मुख्य प्रशिक्षक याम प्रसाद गुरुङको नेतृत्वमा हाल बन्द प्रशिक्षणमा रहेको छ ।

खेलको प्रत्यक्ष प्रसारण साउथ एशिया नेटवर्क टिभीको वेवसाइट बाट गरिनेछ ।

यो समाचारमा

अखिल नेपाल फुटबल संघ (एन्फा)चीनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...