सेयर बजारमा कारोबार रकमको कीर्तिमान, नेप्सेमा सामान्य करेक्सन

Author

सजिलो पत्रिका

२०८२ माघ १२, सोमबार

27
Share
Featured
  • सोमबार सेयर बजारमा पछिल्लो ६ महिनामा सबैभन्दा उच्च १६.३५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।
  • नेप्से परिसूचक सामान्य गिरावटसहित २,७६९.०९ मा रह्यो, तर लगानीकर्ताको उत्साह कायम रह्यो।
  • ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो, हिमालयन पावर पार्टनर्स सबैभन्दा बढी ६५ करोड रुपैयाँ बराबरको कारोबारमा अगाडि रह्यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सेयर बजारमा सोमबार पछिल्लो ६ महिनायताकै उच्च कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार दिनभरमा १६ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।

आइतबार १३ अर्ब ७८ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकमले नयाँ उचाइ लिएको हो। यद्यपि, नेप्से परिसूचक भने ३.०७ अंकको सामान्य गिरावटसहित २७६९.०९ विन्दुमा झरेको छ।

बजारमा सामान्य करेक्सन देखिए पनि लगानीकर्ताको उत्साह कायमै रहेको देखिन्छ। सोमबार ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। एसवाई प्यानल, हिमस्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर्स सबैभन्दा अगाडि रह्यो, जसको ६५ करोड रुपैयाँ बराबरको किनबेच भयो। त्यसपछि आखुखोला जलविद्युत्, मञ्जुश्री फाइनान्स र एसवाई प्यानलको उच्च कारोबार भयो।

चुनावी सुनिश्चिततासँगै बजारमा लगानीकर्ताको आत्मविश्वास बढेको र त्यसको सकारात्मक प्रभाव कारोबार रकममा देखिएको विश्लेषण गरिएको छ।

यो समाचारमा

काठमाडौँनेपाल स्टक एक्सचेन्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...