'जेनजी' आन्दोलनबारे सुदन गुरुङको दाबी-'पहिले गोली चल्यो, अनि सिंहदरबार जल्यो

Author

सजिलो पत्रिका

२०८२ माघ १२, सोमबार

33
Share
Featured
  • रास्वपा गोरखा–१ का उम्मेदवार सुदन गुरुङले ‘जेनजी’ आन्दोलनमा सुरक्षाकर्मीबाट पहिले गोली चलेको दाबी गरेका छन्।
  • उनले शान्तिपूर्ण आन्दोलन सुरक्षाकर्मीको दमनपछि हिंसात्मक बनेको बताएका छन्।
  • सरकार र सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै उनले घटनाक्रम पुनः स्मरण गर्न आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा-१ का उम्मेदवार तथा 'हामी नेपाल' का संस्थापक सुदन गुरुङले 'जेनजी' आन्दोलनका क्रममा पहिले सुरक्षाकर्मीबाट गोली चलेको दाबी गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले आन्दोलनमा हिंसा भड्किनुको मुख्य कारण सुरक्षाकर्मीको दमन भएको बताएका हुन् । आन्दोलनको सुरुवात शान्तिपूर्ण भए पनि सुरक्षाकर्मीले गोली चलाएपछि मात्रै विध्वंसात्मक गतिविधि भएको उनको भनाइ छ ।

"गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो," गुरुङले लेखेका छन्, "बच्चाहरू सुरुमा ढलेका हुन्, त्यसपछि मात्र संरचना बलेको हो । स्मरण रहोस् !"

'जेनजी' आन्दोलनका एक प्रमुख अगुवाका रूपमा परिचित गुरुङले सरकार र सुरक्षा संयन्त्रको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।


यो समाचारमा

काठमाडौँगोरखाराष्ट्रिय स्वतन्त्र पार्टीसुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...