नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

36
Share
Featured
  • आइतबार नेप्से परिसूचक ५७.५५ अंकले बढेर २,७७२.१७ मा पुगेको छ, करिब २.१२% वृद्धिसहित।
  • ३३१ कम्पनीका ३.०९ करोड कित्ता शेयर रु १३.७८ अर्ब बराबरमा कारोबार भएका छन्।
  • सबै समूहको उपसूचक बढेको र आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ; आँखिमुखोला जलविद्युत कम्पनीको सबैभन्दा बढी रु ४३.५९ करोडको शेयर कारोबार भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो ।

आइतबार ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता शेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ दशमलप शून्य पाँचको कारोबार भएको छ ।

आइतबार सबै समूहको उपसूचक बढेको छ । आइतबारको कारोबारमा आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आइतबार सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु ४३ करोड ५९ लाख ३३ हजार १६२ बराबरको १६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...