'जेनजी' आन्दोलनका घाइतेलाई सम्पर्कमा आउन स्वास्थ्यमन्त्रीको आग्रह

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

32
Share
Featured
  • स्वास्थ्य मन्त्री डा. सुधा गौतमले ‘जेनजी’ आन्दोलनमा घाइते भई सम्पर्कमा नआएकालाई यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेकी छन्।
  • पहिचान भएका २,१०९ घाइतेमध्ये हालसम्म १८९ जनाको मात्रै वर्गीकरण भएको जानकारी दिइयो।
  • घाइतेको उपचार खर्च फिर्ता हुने व्यवस्था गरिएको र मानसिक स्वास्थ्यलाई दोस्रो प्राथमिकतामा राखेर काम भइरहेको बताइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले 'जेनजी' आन्दोलनका क्रममा घाइते भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेकी छन् ।

आफ्नो तीन महिने कार्यकाल पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पहिचान भएका २,१०९ घाइतेमध्ये हालसम्म १८९ जनाको मात्रै वर्गीकरण सकिएको जानकारी दिइन् । "बाँकी जेनजीहरू सम्पर्कमा आउनुभएको छैन, वर्गीकरण टुंग्याउनका लागि यथाशीघ्र सम्पर्कमा आउनुहोस्," मन्त्री गौतमले भनिन् ।

उनले घाइतेहरूले उपचारमा गरेको व्यक्तिगत खर्च सम्बन्धित अस्पतालबाट फिर्ता पाउने व्यवस्था मिलाइएको पनि जानकारी दिइन् ।

यसैगरी, मन्त्रालयले मानसिक स्वास्थ्यलाई दोस्रो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले धेरै संघीय अस्पतालहरूमा मनोसामाजिक परामर्श केन्द्रहरू सुरु भइसकेको बताइन् ।

यो समाचारमा

डा. सुधा शर्मा गौतमकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सामान किनेर बिल लिने उपभोक्तालाई १ लाख पुरस्कार,सरकारले ल्याउँदैछ 'लखपति योजना'

    काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी बनाउन र उपभोक्तालाई अनिवार्य रूपमा बिल लिने बानी बसाल्न ‘लखपति योजना’ कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको यस योजनाअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) वा स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यवसायबाट १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद

    Data is loading...

    Loading brands...

    Loading footer...