निर्वाचन क्रान्तिकारीहरूका लागि संघर्षको मोर्चा हो : महासचिव विप्लव

Author

सजिलो पत्रिका

२०८२ माघ १०, शनिबार

26
Share
Featured
  • विप्लवले निर्वाचनलाई क्रान्तिकारीहरूका लागि संघर्षको एउटा मोर्चा भएको बताएका छन्।
  • देशभर तरंग सिर्जना भएको भन्दै सबै कार्यकर्तालाई अग्रभागमा बसेर नेतृत्व गर्न आह्वान गरे।
  • राज्य–जनता तथा शक्ति केन्द्रबीचको संघर्षका कारण नेपाल राज्य नै संक्रमणकालीन अवस्थामा रहेको उनको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली राजनीतिमा निर्वाचन क्रान्तिकारीहरूका लागि संघर्षको एउटा मोर्चाका रूपमा व्याख्या गरेका छन् ।

शनिबार पार्टीद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव चन्दले निर्वाचन नजिकिँदै जाँदा देशभर तरंग पैदा भएको बताए । उनले क्रान्तिकारी शक्तिहरू देशैभर संघर्षमा सहभागी भइरहेको र त्यसको अग्रभागमा बसेर नेतृत्व गर्ने जिम्मेवारी सबै कार्यकर्ताको भएको उल्लेख गरे ।

उनले भने, ‘नेपाली राजनीतिमा अहिले क्रान्तिकारीहरुका सामु निर्वाचन एउटा संघर्षको मोर्चाको रुपमा देखा परेको छ । मुखमै आइसकेपछि तंरगित जस्तो सपनासहित देशैभरी सहभागी भइरहेका छौं । विभिन्न ठाउँबाट संघर्ष गर्दैछौं । त्यसमध्येमा अग्रभागमा बसेर नेतृत्व गर्ने जिम्मा हामी सबैको हो ।’

उनले चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमा पहिले बहस भए पनि अहिले त्यसमा टुंगो लागिसकेको धारणा व्यक्त गरे । महासचिव चन्दले वर्तमान राजनीतिक अवस्था अत्यन्त उतारचढावपूर्ण रहेको उल्लेख गर्दै पार्टी स्पष्ट रूपमा निर्वाचनमा जान चाहँदा पनि विभिन्न बाधा देखिएको बताए । राज्य र जनताको बीचको संघर्ष, शक्ति केन्द्रहरूबीचको लुछाचुडी, हस्तक्षेप, ध्रुवीकरण र तानातानका कारण पार्टी र राज्यबीच पनि संघर्ष देखिएको उनको भनाइ थियो ।

उनले भने, ‘चुनाव हुन्छ की हुँदैन भन्ने एउटा बहस थियो अहिले एकदमै टुंगो लागिसक्यो । मान्छे हेर्ने हो भने काठमाडौंमा तरंग नै छ । यहीँ अवस्थामा हामी पनि निर्वाचनमा सहभागी हुने कि नहुने भन्दाभन्दै निर्वाचनमा जानका लागि कार्य विभाजन गरेर आएका छौं । अहिले एकदमै उतारचढावको अवस्था छ । स्पष्ट ढंगले निर्वाचनमा जान चाहन्थ्यौं तर राज्य र जनताको बीचको संघर्ष विभिन्न शक्ति केन्द्रबीचको लुछाचुडी, हस्तक्षेप, धुव्रीकरण, तानातान र त्यसपछि हाम्रा पार्टी र राज्यकोबीचको पनि संघर्ष । यस्ता संघर्षहरु देखा परे । त्यसले निर्णयहरु नै संक्रमणकालिन तरिकाले गर्नुपर्ने अवस्थामा आइपुग्यौं । नेपाल राज्य नै एउटा संक्रमणमा छ ।’

यस्ता परिस्थितिका कारण निर्णयहरू संक्रमणकालीन रूपमा गर्नुपर्ने अवस्था आएको भन्दै उनले नेपाल राज्य नै अहिले संक्रमणको चरणमा रहेको टिप्पणी गरे ।

यो समाचारमा

नेत्रविक्रम चन्दनेपाल कम्युनिष्ट पार्टी (माओवादी)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...