सभापति गगन थापा पहिलोपटक पार्टी कार्यालयमा

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

31
Share
Featured
  • गगनकुमार थापा आज पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
  • पदभारपछि बस्ने केन्द्रीय समितिको बैठकले उनलाई आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी छ।
  • बैठकपछि सभापति थापा चुनावी प्रचारका लागि सर्लाही–४ जाने कार्यक्रम छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापा आज पहिलोपटक पार्टी केन्द्रीय कार्यालय, सानेपा पुगेका छन् । गत माघ १ गते विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी आज औपचारिक रूपमा पदभार ग्रहण गर्न कार्यालय पुगेका हुन् ।

सभापति थापासहितका पदाधिकारीहरूले पदभार ग्रहण गरेलगत्तै केन्द्रीय समितिको बैठक बस्ने कार्यक्रम रहेको छ । आजको बैठकले सभापति थापालाई नै आगामी निर्वाचनका लागि पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने बताइएको छ ।

पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ । बैठक सकिएलगत्तै सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा चुनावी प्रचारका लागि जाने कार्यक्रम रहेको छ ।

यो समाचारमा

नेपाली काँग्रेससर्लाहीकाठमाडौँगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...