बाबुराम भट्टराईले गोरखा-२ बाट उम्मेदवारी फिर्ता लिने

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

18
Share
Featured
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।
  • विभिन्न दलका शीर्ष नेताहरूले अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेपछि उनले उम्मेदवारी फिर्ता लिएको बताइएको छ।
  • उम्मेदवारी फिर्तापछि उनले कसलाई समर्थन गर्ने भन्नेबारे खुलाइएको छैन।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट दिएको आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका उनले शुक्रबार उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेका हुन् ।

भट्टराईको सचिवालयका अनुसार, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी र रास्वपाका उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरूले अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेपछि उनले यो निर्णय लिएका हुन् ।

यसअघि चुनाव नलड्ने बताउँदै आएका भट्टराईले मनोनयन दर्ताको दुई दिनअघि मात्रै निर्णय परिवर्तन गर्दै उम्मेदवारी दिएका थिए । उम्मेदवारी फिर्ता लिएपछि उनले कसलाई समर्थन गर्नेछन् भन्नेबारे भने केही खुलाइएको छैन ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीकाठमाडौँबाबुराम भट्टराईप्रगतिशील लोकतान्त्रिक पार्टी
पुष्पकमल दाहाल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्तनगर नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको

    Data is loading...

    Loading brands...

    Loading footer...