टेकु अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

23
Share
Featured


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) (टेकु) को कार्यकारी निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले गत माघ ४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएकी थिइन् । तर निर्णय माघ ४ गते नै भए पनि नियुक्ति पत्र भने केही ढिला गरी हिजो मात्र दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनानएको छ ।

यसअघि टेकु अस्पतालको निर्देशकको भूमिकामा डा. युवानिधि बसौला कार्यरत थिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले डा. बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गर्ने निर्णय गरेसँगै टेकुमा निर्देशक पद रिक्त भएको थियो ।

संक्रामक रोग विशेषज्ञका रूपमा चिनिने डा. बास्तोलाको पुनरागमनसँगै टेकु अस्पतालको सेवा प्रवाह र आगामी दिनमा आउन सक्ने सरुवा रोगको चुनौती सामना गर्न थप सहज हुने विश्वास लिइएको छ ।

यो समाचारमा

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयस्वास्थ्य तथा जनसंख्या मन्त्रालयडा. सुधा शर्मा गौतम
गण्डकी प्रदेश5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...