कांग्रेसले आज गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

27
Share
Featured
  • नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ।
  • बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ र औपचारिक घोषणा पछि थापा सर्लाही-४ आफ्नो निर्वाचन क्षेत्रमा जाने कार्यक्रम छ।
  • थापाले माघ ६ गते वारेसमार्फत सर्लाही-४ बाट उम्मेदवारी दर्ता गराइसकेका छन्; यो बैठक नयाँ नेतृत्व चयनपछि पहिलोपटक सानेपामा बस्ने हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसले आज बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधि सभा निर्वाचनका लागि भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गर्नेछ ।

पार्टीले औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । थापाले गत माघ ६ गते वारेसमार्फत सर्लाही-४ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् ।

गत पुस ३० गते विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीभित्रको आन्तरिक कलहका कारण केन्द्रीय कार्यालय बाहिर बैठक बस्दै आएकोमा आज पहिलोपटक सानेपामा बैठक बस्न लागेको हो ।

यो समाचारमा

काठमाडौँगगन थापाप्रतिनिधि सभानेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...