काठमाडौंका १० क्षेत्रमा ७ लाख १० हजार मतदाता, २५७ जनाको उम्मेदवारी

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

46
Share
Featured
  • काठमाडौंका १० निर्वाचन क्षेत्रमा कुल ७,१०,७०८ मतदाता कायम छन् (महिला ३,६४,०००, पुरुष ३,४६,११६, अन्य ७)।
  • ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र तोकिएको छ; सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर २ मा (८८,७०८) र सबैभन्दा कम क्षेत्र नम्बर १ मा (४८,८४९)।
  • काठमाडौंका १० क्षेत्रमा कुल २५७ उम्मेदवार दर्ता भएका छन्; बढी उम्मेदवार क्षेत्र नम्बर १ मा (३०) र कम क्षेत्र नम्बर २, ६, ८ मा (२२-२२)।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा कुल ७ लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार, यसमा ३ लाख ६४ हजार महिला, ३ लाख ४६ हजार ११६ पुरुष र ७ जना अन्य रहेका छन् ।

काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र तोकिएको छ । सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर २ मा ८८,७०८ जना रहेका छन् भने सबैभन्दा कम क्षेत्र नम्बर १ मा ४८,८४९ जना छन् ।

यसैगरी, काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा गरी कुल २५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार, सबैभन्दा बढी उम्मेदवार क्षेत्र नम्बर १ मा ३० जना र सबैभन्दा कम क्षेत्र नम्बर २, ६ र ८ मा २२-२२ जना रहेका छन् ।

मनोनयन दर्ता सम्पन्न भएसँगै काठमाडौंमा चुनावी सरगर्मी बढेको छ ।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...