चुनावले सर्‍यो एसईई: परीक्षा चैत १९ देखि हुने

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

27
Share
Featured
  • एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने, राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गर्‍यो।
  • प्रतिनिधिसभा निर्वाचनका कारण परीक्षा १२ दिन पछि सारिएको हो।
  • यस वर्ष देशभरबाट ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार, यस वर्षको एसईई परीक्षा आगामी चैत १९ गतेदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका कारण यस वर्षको एसईई परीक्षा १२ दिन पछि सारिएको हो । गत वर्ष एसईई चैत ७ गतेदेखि सुरु भएको थियो ।

निर्वाचनका लागि मतपत्र छपाइको काम पनि जनक शिक्षा सामग्री केन्द्रबाटै हुने भएकाले परीक्षा तालिका परिमार्जन गरिएको बोर्डले जनाएको छ । मतपत्र छपाइ सकिएपछि एसईईको प्रश्नपत्र छाप्ने तयारी छ ।

यस वर्षको एसईईमा सहभागी हुन देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

हेर्नुहाेस् परीक्षा तालिका


यो समाचारमा

काठमाडौँप्रतिनिधि सभाराष्ट्रिय परीक्षा बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...