आईसीसी महिला टी–२० विश्वकप छनोट: आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

33
Share
Featured
  • आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले आज बिहान ९ बजे कीर्तिपुरमा नेदरल्यान्ड्ससँग दोस्रो समूह खेल खेल्दैछ।
  • नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको छ भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराउँदै बलियो सुरुवात गरेको छ।
  • समूह चरण पार गर्न नेपालले बाँकी तीनमध्ये कम्तीमा दुई खेल जित्नैपर्ने दबाबमा छ, जबकि नेदरल्यान्ड्स एक जितले नै अघिल्लो चरण नजिक पुग्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ ।

समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। उता, नेदरल्यान्ड्सले जिम्बाब्वेस्कटल्याण्डलाई पराजित गर्दै बलियो सुरुवात गरेको छ।

महिला टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा रहेको छ भने नेपाल २१औं स्थानमा छ। नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म तीन पटक टी–२०आई खेल भएका छन् र ती सबै खेलमा नेपाल पराजित भएको छ ।

समूह चरणबाट अघिल्लो चरणमा प्रवेश गर्न नेपालले बाँकी तीन खेलमध्ये कम्तीमा दुई खेल जित्नैपर्ने दबाबमा छ। नेदरल्यान्ड्स भने अब एक जित हासिल गरेसँगै अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाउनेछ।

नेपाली टोलीः

इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी र राजमती ऐरी।

यो समाचारमा

कीर्तिपुरनेपालजिम्बाब्वेस्कटल्याण्ड
काठमाडौँ7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...