पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

41
Share
Featured

काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुर जाने भएका छन् । संम्बाद सचिवालयका फणिराज पाठकले बुधबार (आज) जारी गरेको सूचनामा पूर्वराजा र पूर्वरानी जनकपुरधाम जाने जानकारी गराइएको छ ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह यही माघ १२ गते जनकपुरधाम सवारी होईबक्सी जानकी मन्दिर दर्शन गरिबक्सने कार्यक्रम रहेको छ’, सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ ।

यसअघि गत आईतबार सम्पन्न राप्रपा धनुषाको पार्टी कार्यसमितिको बैठकले पूर्व राजा शाहको स्वागत तथा व्यवस्थापनका लागि विभिन्न निर्णयहरु गरेको थियो ।

बैठकको निर्णयअनुसार पार्टीको सुशासन विभागका केन्द्रीय सदस्य श्रवण कुमार झाको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गरिएको छ ।

राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार पूर्व राजाको आगमनलाई व्यवस्थित र भव्य बनाउन पार्टीले विभिन्न उपसमिति गठन गरी तयारी तीव्र बनाएको छ ।

यो समाचारमा

ज्ञानेन्द्र शाहकोमल शाहकाठमाडौँजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...