प्रतिनिधिसभा निर्वाचन : बाजुरामा एक स्वतन्त्र सहित ७ दलले गरे उम्मेदवारी मनोनयन दर्ता

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

29
Share
Featured
  • बाजुरामा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि एक स्वतन्त्रसहित ८ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
  • प्रमुख दलका उम्मेदवारहरूमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा लगायतका प्रतिनिधि छन्।
  • बाजुरामा ९ स्थानीय तहमा ८७ हजारभन्दा बढी मतदाता र ७७ मतदानस्थल, ११८ मतदान केन्द्र तोकिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बाजुरामा एक स्वतन्त्र सहित ७ दलले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। मुख्य निर्वाचन कार्यालका अनुसार, बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म एक स्वतन्त्र सहित ७ दलले उम्मेदवारी दर्ता गराएको जनाएको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेस,नेपाल कम्युनिष्ट पार्टी (एमाले),नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा) प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिष्ट पार्टी (माओवादी)स्वतन्त्र गरी ८ दलले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेमा स्वतन्त्र उपेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर बहादुर शाही, नेकपा एमालेबाट लाल बहादुर थापाले मनोनय दर्ता गराएका छन् ।

त्यस्तै प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट दिपक कुमार डि.सी, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश बहादुर थापा, नेपाली काँग्रेसबाट जनक गिरी र नेपाली कम्युनिस्ट पार्टी (माओवादी) बाट भुपेन्द्र ल्वारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।

बाजुरामा उत्साहपुर्वक उम्मेदारीको मनोनयन पत्र दर्ता भएको हो । एक–आपसमा नेताहरुले फूलमाला सहित बधाई तथा शुभकामना दिएका थिए । चुनावी अभियानलाई सहज वातावरणमा सञ्चालन गर्न समेत आग्रह गरिएको छ ।

विगतका जस्ता घटना घट्न नदिन यो बर्ष सबैले सहज रुपमा भयरहित वातावरणमा चुनावी प्रचार–प्रचार र निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

९ वटा स्थानीय तह रहेको बाजुरामा ८७ हजार बढी मतदाता छन् । ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन् । जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीस्वतन्त्रनेपाल कम्युनिष्ट पार्टी (एमाले)बाजुरा
नेपाली काँग्रेस8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...