‘देश बचाउनुपर्छ भन्नेहरुका लागि अब राप्रपा बाहेक अन्यत्र भोट हाल्ने ठाउँ छैन’

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

38
Share
Featured

काठमाडौँ

अधिवक्ता स्वागत नेपालले झापा क्षेत्र नं. २ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरेका हुन् ।

उक्त घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले संविधान अन्तरगत गरिने एक थान निर्वाचनले मात्रै मुलुकलाई निकास नदिने बताए ।

उनले नेपालमा समस्या पर्दा विदेशीको मुख ताक्न नपर्ने अवस्था निर्माण गर्ने हो भने यो चुनाव अगाडि नै सबै राजनीतिक शक्तिहरुको बीचमा नयाँ समझदारी कायम गरेर चुनावमा जानुपर्ने बताए ।

उनले भने, ‘यही संविधान अन्तरगत गरिने एक थान निर्वाचनले मात्रै मुलुकलाई निकास दिँदैन भनेर हामीले निरन्तर रुपमा भन्दै आएका छौं । त्यो कुरामा हामी अहिले पनि अडिक छौं । हामीले यो सरकार र सम्बन्धीत सबैलाई निरन्तर रुपमा भन्दै आइरहेका छौं की देशलाई दिर्घकालिन शान्ति, स्थायित्व प्रदान गर्ने र फेरी भविष्यमा कसैले विद्रोह गर्नुपर्ने परस्थिती आउन नदिने र नेपालको निर्णायकत्व नेपाली जनताको हातमै राख्ने र नेपालमा समस्या पर्दाखेरी विदेशीको मुख ताक्न नपर्ने अवस्था निर्माण गर्ने हो भने यो चुनाव अगाडि नै सबै राजनीतिक शक्तिहरुको बीचमा नयाँ समझदारी कायम गरेर चुनावमा जानुपर्छ भनेर हाम्रो धारणा कायम नै छ ।’

यसैगरी अधिवक्ता स्वागत नेपालले अब देशलाई साँच्चै बचाउने हो भने हिन्दु, बौद्ध, किरात, सनातन धर्मको रक्षा अबको आवश्यकता भएको बताए । उनले नागरिकहरु जुनसुकै पार्टीमा भएपनि, कुनै पार्टीमा नभए पनि यो देश बचाउनुपर्छ भन्नेहरुका लागि अब राप्रपा बाहेक अन्यत्र भोट हाल्ने ठाउँ नभएको बताए ।

उनले भने, ‘अहिले देशविरोधीहरु मिलेका मिले छन् । देशभक्त राष्ट्रवादीहरु चाँही फुटेको फुटे जस्तो देखिँदै थियो अब त्यस्तो रहेन । धेरै दलहरु छैनन् । सडकमा मान्छेहरुसँग कुरा गर्नुस् उहाँहरुले अहिले तपाईं कुन पार्टीको भनेर सोध्दैनन् । एकअर्कामा कुरा गर्दैनन् । यो दलाल विदेशीहरुले चलाएको गणतन्त्रको पक्षधर हो की तपाईं देशभक्त राष्ट्रवादी राजसंस्थावादी हो भनेर सोध्छन् । तपाईं कुन पार्टीको हो भन्ने सोध्ने कुरा कुनै समय थियो । देशलाई विदेशीहरुको पञ्जामा पुर्याइयो । अब देशलाई साँच्चै बचाउने हो भने राष्ट्र एक्यबद्धताको आधार राजसंस्था हिन्दु, बौद्ध, किरात, सनातन धर्मको रक्षा अबको आवश्यकता हो भन्ने नागरिकहरु जुनसुकै पार्टीमा भएपनि, कुनै पार्टीमा नभए पनि यो देश बचाउनुपर्छ भन्नेहरुका लागि अब राप्रपा बाहेक अन्यत्र भोट हाल्ने ठाउँ छैन ।’

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँराजेन्द्र प्रसाद लिङ्देननेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...