रास्वपाबाट गुल्मी–१ मा सागर ढकाल उम्मेदवार बन्ने घोषणा

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

43
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सागर ढकालले गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गुल्मी–१ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने जानकारी दिएका हुन् ।

ढकालले गुल्मी र वरपरका जिल्लालाई नेपालकै ‘बौद्धिक शक्ति केन्द्रको संज्ञा दिँदै गुल्मीको क्षमता देशको समग्र कायापलटमा प्रयोग गर्नुपर्ने बताएका छन् । उनले भारतको गुजरात राज्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘गुल्मी–गुजरात मोडेल’ मार्फत नेपालको विकास सम्भव हुने दाबी गरेका छन् ।

उनका अनुसार लोकसेवामा गुल्मीको उपस्थिति सधैँ बलियो रहँदै आएको छ र गुल्मेली समाजमा बौद्धिकता, इमान्दारिता र उत्कृष्टता स्वाभाविक रूपमा रहेको छ । अब यही क्षमतालाई आगामी २५ वर्षमा देशको विकासका लागि परिचालन गर्नुपर्ने उनको भनाइ छ ।

ढकालले स्थिर सरकार, प्रशासनिक सुधार र दीर्घकालीन राजनीतिक नेतृत्व विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने उल्लेख गरेका छन् । उनले इतिहासमै पहिलो पटक पाँच वर्षसम्म एकै प्रधानमन्त्री रहने व्यवस्था स्थापित गर्नुपर्ने र कर्मचारीतन्त्रका समस्या समाधान गरेर देशको काँचुली फेर्ने लक्ष्य लिएको बताएका छन् ।

आगामी निर्वाचनमा गुल्मीले १६५ निर्वाचन क्षेत्रमध्ये ‘मतान्तर प्रतिशतका आधारमा’ सबैभन्दा ठूलो जित हासिल गर्ने विश्वास ढकालले व्यक्त गरेका छन् । साथै, गुल्मीको प्रभाव छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ र प्युठानसम्म विस्तार हुने उनको दाबी छ ।

ढकालले डडेलधुराका जनतालाई आफूले गरेका प्रतिबद्धताहरूको प्रतिवेदन बुझाउन पुनः आउने पनि बताएका छन् । साथै, सुदूरपश्चिम प्रदेशमधेश प्रदेशका मुद्दालाई राष्ट्रिय रूपमा उठाउने प्रतिबद्धता दोहोर्याएका छन् । उनले गुल्मी र नेपालको इतिहास रच्ने संकल्पसहित भोलि तम्घास, गुल्मीमा भेटघाट गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिएका छन् ।

यो समाचारमा

सागर ढकालसुदूरपश्चिम प्रदेशकाठमाडौँडडेलधुरा
राष्ट्रिय स्वतन्त्र पार्टी6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...