रुपन्देही-२ मा एमालेका विष्णु पौडेलसँग विप्लव माओवादीका वीरेन्द्र विक भिड्ने

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

46
Share
Featured
  • रुपन्देही–२ मा प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल पुनः उम्मेदवार बनेका छन्।
  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीबाट युवा नेता वीरेन्द्र विक (सी)ले पौडेलसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
  • नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट विश्वदीप पाण्डे पनि उम्मेदवारी दिने भएपछि क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलसँग नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का युवा नेता वीरेन्द्र विक (सी) ले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विप्लव माओवादीले पार्टीका जिल्ला सेक्रेटरी समेत रहेका विकलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । विक सुकुम्बासी, मिटरब्याजी पीडित तथा सामाजिक अन्यायविरुद्धका आन्दोलनमा सक्रिय नेताका रूपमा चिनिन्छन् ।

यता, एमालेले भने आफ्नो परम्परागत पकड क्षेत्र मानिएको रुपन्देही-२ मा प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई नै पुनः उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसैगरी, यही क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट विश्वदीप पाण्डेले पनि उम्मेदवारी दिने भएका छन् । अन्य दलहरू भने उम्मेदवार छनोटकै प्रक्रियामा छन् । यो निर्णयसँगै रुपन्देही-२ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

यो समाचारमा

नेत्रविक्रम चन्दनेपाल कम्युनिष्ट पार्टी (माओवादी)प्रतिनिधि सभानेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...