नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी शुभारम्भ

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

50
Share
Featured
  • प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा “नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२” को शुभारम्भ गरेका छन्।
  • उद्घाटन अवसरमा फोटो प्रतियोगिताका उत्कृष्ट फोटोग्राफर, सेनाका युनिटहरू र फोटोग्राफरलाई पुरस्कार तथा सम्मान प्रदान गरियो।
  • सेना दिवस–२०८२ को अवसरमा माघ ०७ गतेसम्म निःशुल्क सञ्चालन हुने प्रदर्शनीमा नेपाली सेनाका विविध गतिविधि समेटिएका ३१ स्टलहरू राखिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधान सेनापति .अशोकराज सिग्देलले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ को शुभारम्भ गरेका छन् । आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा बिच नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी.– २०८२ को शुभारम्भ गरेका हुन् ।

आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको समुद्घाटन कार्यक्रमका बिच प्रधान सेनापतिले नेपाली सेना फोटो प्रतियोगिता–२०८२ का उत्कृष्ट तीनजना गैर सैनिक फोटोग्राफरहरू, तीन वटा नेपाली सेनाका युनिटहरू र एक जना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुका साथै मूल्याङ्कन समितिका सदस्यहरूलाई कदर पत्रद्वारा सम्मानित गरका छन् ।

कार्यक्रम पश्चात् प्रधान सेनापति लगायत अतिथिहरूले प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दल लगायतका गतिविधिहरू समेट्ने गरी कुल ३१ वटा स्टलहरू राखिएका छन् ।

सेना दिवस–२०८२ को अवसरमा यही माघ ०७ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा आम नागरिकलाई जङ्गी अड्डाको पश्चिम गेटबाट निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

समुद्घाटन समारोहमा पूर्व प्रधान सेनापतिहरू, बलाधिकृत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द, जनसम्पर्क तथा सूचना निर्देशनालयका पूर्व निर्देशकहरू, सैनिक सहचारीहरू, अधिकृत, सकलदर्जा, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...