सुजाता कोइरालाद्वारा नवनिर्वाचित सभापति गगन थापालाई बधाई

Author

सजिलो पत्रिका

२०८२ माघ ०३, शनिबार

56
Share
Featured
  • सुजाता कोइरालाले गगन थापालाई पार्टीको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएकोमा बधाई दिएकी छन्।
  • उनले कांग्रेसभित्र पनि युवा र जनताको चाहना अनुसार परिवर्तन आएको बताउँदै पार्टी फुटेको छैन भनेकी छन्।
  • कोइरालाले थापालाई बीपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनात्मक दृष्टिकोण आत्मसात् गर्दै पार्टी अगाडि बढाउन सुझाव दिएकी छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापालाई बधाई तथा शुभकामना दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै नेतृ कोइरालाले नेपाली समाज र युवा पुस्ताले चाहेको परिवर्तन कांग्रेसभित्र पनि आएको बताएकी छन् । "अहिले युवा र नेपाली जनताले परिवर्तन चाहेका छन् । परिवर्तनलाई खुसी भएर अँगालो मार्नुपर्छ । नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन," उनले भनेकी छन् ।

उनले नवनिर्वाचित सभापति थापालाई बिश्वेश्वर प्रसाद कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनात्मक दृष्टिकोणलाई आत्मसात् गर्दै पार्टीलाई अगाडि बढाउन सुझावसमेत दिएकी छन् ।

यो समाचारमा

गगन थापानेपाली काँग्रेससुजाता कोइरालाकाठमाडौँ
बिश्वेश्वर प्रसाद कोइराला4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...