रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल हुने

Author

सजिलो पत्रिका

२०८२ माघ ०३, शनिबार

69
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीले आज दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ।
  • बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयनबारे छलफल हुनेछ।
  • उम्मेदवार टुंग्याउने अन्तिम तयारीका रूपमा बैठकलाई महत्त्वपूर्ण मानिएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको मिति तोकेसँगै रास्वपा लगायतका राजनीतिक दलहरू उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेका छन् । आजको बैठकले उम्मेदवारहरूको टुंगो लगाउने अपेक्षा गरिएको छ ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोगराष्ट्रिय स्वतन्त्र पार्टीप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...