धनुषाको कुन निर्वाचन क्षेत्रमा कति उम्मेदवार ?

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार १९:१२

79
Share
Featured
  • धनुषा जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि कुल मतदाता संख्या ५ लाख १४ हजार ५ सय ७१ रहेको छ र जिल्ला चार वटा निर्वाचन क्षेत्रमा विभाजित छ।
  • चारै क्षेत्रमा गरी ३२२ मतदान स्थल र ६४५ मतदान केन्द्र तोकिएका छन्, जहाँ क्षेत्रअनुसार १ लाख २५ हजारदेखि १ लाख ३४ हजारसम्म मतदाता रहेका छन्।
  • निर्वाचन सञ्चालनका लागि जिल्लाभरि ३ हजार ८ सय ७० जना कर्मचारी खटाइनेछ भने अस्थायी मतदाताको नाम संकलन कार्य अझै जारी रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधिसभा अन्तर्गतको निर्वाचनमा धनुषा जिल्लाबाट जम्मा मतदाता ५ लाख १४ हजार ५ सय ७१ जना रहेका छन् ।

जनकपुरधाममा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै धनुषा क्षेत्र नं.३ का निर्वाचन अधिकृत शुभाष राउत पुरीले धनुषा जिल्लाभरिका निर्वाचन क्षेत्रहरु बारे जानकारी गराएका छन् । उनका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा जिल्लामा ४ वटा निर्वाचन क्षेत्र रहेको छ ।

क्षेत्र नं.१ को निर्वाचन कार्यालय धनुषाधाममा रहेको छ भने निर्वाचन अधिकृत मनोज बराल रहेका छन् । यस क्षेत्रमा कुल १ लाख २६ हजार ४० जना मतदाता रहेका छन् भने मतदानस्थल ८५ वटा रहेको छ र मतदान केन्द्र १ सय ६३ वटा रहेको छ ।

क्षेत्र नं.२ को निर्वाचन कार्यालय विदेह नगरपालिकाको तीनकोरीयामा रहेको छ भने निर्वाचन अधिकृतमा दामोदर रेग्मि रहेका छन् । यस क्षेत्रमा कुल मतदाता १ लाख ३४ हजार ८ सय २६ जना रहेका छन् भने मतदानस्थल ८८ वटा रहेको छ र मतदान केन्द्र १७४ वटा रहेको छ ।

क्षेत्र नं. ३ को निर्वाचन कार्यालय जनकपुरधाममा रहेको छ भने निर्वाचन अधिकृतमा शुभाष राउत पुरी रहेका छन् । यस क्षेत्रमा कुल मतदाता १ लाख २५ हजार ९ सय २७ रहेका छन् भने मतदानस्थल ७४ वटा रहेको छ भने मतदान केन्द्र १५५ वटा रहेको छ ।

त्यस्तै क्षेत्र नं.४ को निर्वाचन कार्यालय महेन्द्रनगरमा रहेको छ भने निर्वाचन अधिकृतमा पुरुषोत्म खतिवडा रहेका छन् । यस क्षेत्रमा कुल मतदाता १ लाख २७ हजार ७ सय ७८ जना रहेका छन् भने मतदानस्थल ७५ वटा रहेको छ भने मतदान केन्द्र १५३ वटा रहेको छ ।

अस्थायी मतदाताहरुको नाम संकलन कार्य जारी नै रहेको धनुषा क्षेत्र नं. ३ का निर्वाचन अधिकृत पुरीले जानकारी दिए । उनका अनुसार धनुषाभरिमा जम्मा निर्वाचन स्थल ३ सय २२ वटा रहेको छ भने जम्मा मतदान केन्द्र ६ सय ४५ वटा रहेको छ ।

धनुषाको चारवटै निर्वाचन क्षेत्रमा जम्मा ३ हजार ८ सय ७० जना कर्मचारी खटाईने अधिकृत पुरीले जानकारी दिए ।

यो समाचारमा

धनुषाजनकपुरकाठमाडौँविदेह नगरपालिका

ट्यागहरू

#जनकपुर#प्रतिनिधि सभा#कार्यक्रम#निर्वाचन#धनुषा जिल्ला#प्रतिनिधि#धनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू