रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

82
Share
Featured
  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि रौतहटमा म्यादी प्रहरी बन्न युवाहरूको ठूलो उत्साह देखिँदा आवश्यकभन्दा झण्डै दोब्बर आवेदन परेका छन्।
  • जिल्लामा ३,९५१ म्यादी प्रहरी आवश्यक रहेकामा ६,२८४ जनाले आवेदन दिएका छन्, जसमा ९३६ महिला र ५,३४८ पुरुष रहेका छन्।
  • भर्ना प्रक्रिया माघ ५–९ गतेसम्म हुने र अन्तिम नतिजा माघ १२ गते प्रकाशन हुने जनाइएको छ, निर्वाचनलाई सुरक्षित र निष्पक्ष बनाउन म्यादी प्रहरीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि रौतहटमा निर्वाचन प्रहरी बन्न युवाहरूको ठूलो उत्साह देखिएको छ। जिल्लामा आवश्यक संख्याभन्दा झण्डै दोब्बर बढी आवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म कुल ६ हजार २ सय ८४ जनाले आवेदन दिएका छन्। जसमा ९ सय ३६ महिला र ५ हजार ३ सय ४८ पुरुष रहेका छन्।

रौतहटमा निर्वाचन सुरक्षाका लागि ३ हजार ९ सय ५१ जना म्यादी प्रहरीको आवश्यकता रहेको भन्दै यसअघि नै सूचना आह्वान गरिएको थियो।

आवेदन संकलनका लागि जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरमा व्यवस्था मिलाइएको थियो।

निर्वाचन प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने र कुनै फौजदारी अभियोग नलागेका नेपाली नागरिकले आवेदन दिएका हुन्।

आवेदन दिएकाको भर्ना प्रक्रियाको तालिका अनुसार हुनेछ । प्रहरी कार्यलयमा माघ ४ गते सम्पर्क गर्ने, माघ ५ गतेदेखि ९ गतेसम्म छनौट प्रक्रिया र अन्तिम नतिजा प्रकाशन माघ १२ गते हुने जनाइएको छ ।

निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन म्यादी प्रहरीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

यो समाचारमा

रौतहटकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...