प्रशासनको मनोबल कमजोर हुँदा देशमा चुनावी वातावरण छैन : महेश बस्नेत

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

33
Share
Featured
  • नेकपा (एमाले) का सचिव महेश बस्नेतले अहिले देशमा चुनावी वातावरण नरहेको स्पष्ट पार्दै एमालेले चुनाव बहिष्कार गर्ने भनेको कहिल्यै नभएको बताए।
  • सुरक्षा अवस्था कमजोर रहेको दाबी गर्दै उनले प्रहरी–प्रशासन र सेनाको मनोबल खस्किएको, चौकी जलेको, हतियार लुटिएको र भागेका कैदी अझै पक्राउ नपरेको उल्लेख गरे।
  • शुसीला कार्की नेतृत्वको सरकार र पछिल्ला राजनीतिक अभिव्यक्तिहरूले एमालेलाई कमजोर र रवि लामिछाने पक्षलाई बलियो बनाउने रणनीति देखिएको आरोप लगाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले अहिले देशमा चुनावी वातावरण नरहेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेले चुनावमा भाग नलिने भनेर कहिल्यै नभनेको स्पष्ट गरे ।

उनले भने, ‘एमालेले चुनावमा भाग लिन्छ र भन्ने प्रश्नहरु आइरहेका छन् । हामीले चुनावमा भाग लिँदैनौं भनेर कहिले पनि भनेका छैनौं । अहिले चुनावको वातावरण छैन भन्ने हाम्रो कुरा हो । अहिले पनि प्रहरी र प्रशासनको मनोबल कमजोर छ । सेनाको मनोबल कमजोर छ, प्रहरीहरु घाइते छन्, चौकीहरु जलेका छन्, लुटिएका हतियाहरु फिर्ता आएका छैनन् । भागेका कैदी अझै पनि पक्राउ परेका छैनन् । अपराधिक गतिविधि अहिले पनि बढीरहेको छ ।’

उनले प्रहरी, प्रशासन र सेनाको मनोबल कमजोर भएको दाबी गर्दै प्रहरीहरू घाइते रहेको, चौकीहरू जलेको, हतियार लुटिएको र ती अझै फिर्ता नआएको बताए । भागेका कैदीहरू अझै पक्राउ नपरेको र अपराधिक गतिविधि बढिरहेको उनको भनाइ थियो ।

त्यसैगरी, उनले पछिल्लो राजनीतिक घटनाक्रमप्रति पनि आलोचना गरे । वर्तमान शुसीला कार्की नेतृत्वको सरकारले आफूलाई नारीको सरकार भन्ने गरे पनि व्यवहारमा सुधार नदेखिएको उनको आरोप छ ।

बस्नेतले कुलमान घिसिङले राजीनामा दिनु ठूलो जनदबाब र रवि लामिछानेसँगको टसलका कारण भएको दाबी गर्दै त्यसबाहेक अन्य मन्त्रीहरूको चालचलनमा सुधार नदेखिएको बताए ।

उनले भने, ‘राजनीतिक घटनाक्रम थप बढीरहेका छन् । अदालत भन्दा पनि न्याय जलेको छ अहिले । सुशीला कार्कीको वर्तमान सरकारले आफूलाई नारीको सरकार भन्छ । निकै ठूलो जनदवाबपछाडि र रवि लामिछानेहरुको टसलका कारणले कुलमान घिसिङले राजीनामा दिए । त्यो बाहेक अरु मन्त्रीहरुको चालामाला सुध्रिएको देखिएन।’

युवा पुस्तालाई अघि ल्याउनुपर्ने र पुराना दल तथा नेताहरूको काम छैन भन्ने खालका अभिव्यक्तिहरू एमाले कमजोर बनाउन र रवि लामिछाने पक्षलाई बलियो बनाउने रणनीतिक चाल भएको बस्नेतको आरोप छ ।

उनले भने, ‘शुसीला कार्कीको सरकारको अभिव्यक्तिहरु हेर्दा युवा पुस्तालाई ल्याउनुपर्छ, पुराना दलहरुको काम छैन, पुराना नेताहरुको काम छैन भन्ने लगायतका अभिव्यक्तिहरु जे आइरहेका छन् ति चाँही घुमाई फिराई एमालेलाई कमजोर बनाउने र रवि लामिछानेहरुलाई बलियो बनाउने एउटा चालबाजी भित्रको अभिव्यक्तिहरु हुन्।’

यो समाचारमा

रवि लामिछानेसुशीला कार्कीनेपाल कम्युनिष्ट पार्टी (एमाले)महेश बस्नेत
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...