पार्टी एकताका लागि सभापतिले अरू नेतालाई टिकटमा हस्ताक्षर गर्न दिन तयार हुनुहुन्छ : प्रकाशशरण महत

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

37
Share
Featured
  • पार्टी एकता कायम राख्न सभापति शेरबहादुर देउवा टिकटमा हस्ताक्षर अधिकार अरु नेतालाई दिन तयार रहेको प्रवक्ता महतको भनाइ।
  • केन्द्रीय समितिको निर्णय र सहमतिमा निर्वाचन आयोगमा हस्ताक्षर गरिएको र आवश्यक परे सभापतिको सट्टा जो–कोहीलाई जिम्मा दिन सकिने स्पष्ट।
  • महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई चुनाव नलड्न आग्रह नगरेको जानकारी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी एकता कायम राख्न पार्टी सभापति शेर बहादुर देउबाले आफ्नो सट्टामा टिकटमा हस्ताक्षर अरु नेताहरुलाई दिन तयार रहेको जानकारी गराएका छन् ।

बुधबार केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय पुगेका उनले केन्द्रीय समितिले पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको उल्लेख गरे । साथै उनले सभापतिको सट्टा अरु कसैले गर्नुपर्छ भन्ने लाग्छ भने र निर्वाचन आयोगमा समस्या हुदैँन् भने पार्टीको जुनै पनि नेतालाई त्यो हस्ताक्षर दिन तयार रहेको बताए ।

उनले भने, ‘छलफलमा पार्टी सभापतिले अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा भनेको पार्टी एकता हो । यो पार्टी फुट्नु हुदैँन् र मैले यो एकता कायम राख्न मैले के गर्नुपर्छ गर्न तयार छु भन्ने जस्तो कुरा गर्नु भएको छ । उहाँले अहिले हस्ताक्षरको कुरा उठेको रहेछ अरु कसैको टिकटमा हस्ताक्षर दिएर एकता हुन्छ भनेदेखि म तयार छु । केन्द्रीय समितिले नै पास गरेर सबैको सहमतिमा निर्वाचन आयोगमा टिकटको लागि हस्ताक्षर गर्न गएको हो त्यही हस्ताक्षरबाट समानुपातिक, राष्ट्रिय सभाको सुची गयो अब प्रत्यक्षको बाँकी छ यसमा सभापतिको सट्टा अरु कसैले गर्नुपर्छ भन्ने लाग्छ भने र निर्वाचन आयोगमा समस्या हुदैँन् भने पार्टीको जुनै पनि नेतालाई त्यो हस्ताक्षर दिन तयार छु भन्नु भएको छ ।’

यस्तै, उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाविश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई चुनाव नलड्न भनेर आग्रह भने नगरेको जानकारी दिए ।

यो समाचारमा

नेपाली काँग्रेसडा. प्रकाशशरण महतशेर बहादुर देउबाविश्वप्रकाश शर्मा
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...