‘यो विद्रोह हो, प्रश्न गर्नु पनि विद्रोह हो’

Author

सजिलो पत्रिका

२०८२ पुस ३०, बुधबार

42
Share
Featured
  • महामन्त्री गगन थापाले पार्टी परिवर्तनका लागि प्रश्न उठाउनु नै विद्रोह भएको स्पष्ट गरे।
  • विशेष महाधिवेशनलाई नियमित कार्यक्रम नभई कांग्रेस परिवर्तन अभियानको संज्ञा दिए।
  • पदका लागि होइन, बदलिएको कांग्रेसले देश बदल्ने जिम्मा लिन सक्ने सन्देश दिन आन्दोलन गरिएको बताए।
समाचार सारांशGenerated using AI.


नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी परिवर्तनका लागि प्रश्न उठाउनु र आवाज बुलन्द गर्नु विद्रोह नै भएको स्पष्ट पारेका छन् ।

मंगलबार साँझ पार्टीको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भृकुटीमण्डवमा भएको कार्यक्रम नियमित कार्यक्रम नभई पार्टीभित्रको परिवर्तन अभियान भएको उल्लेख गरे ।

‘यो नियमित कार्यक्रम होइन, हामी विद्रोहमा सहभागी भएका छौँ। यो विद्रोह हो। प्रश्न गर्नु पनि विद्रोह हो,’ उनले भने ।

महामन्त्री थापाले मौन बस्नु मृत्यु स्वीकार्नुजस्तै हुने टिप्पणी गर्दै पार्टी र आफ्नो भविष्यका लागि प्रश्न उठाइएको बताए ।

‘कहिलेकाहीँ मौनता साध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो। हामीले प्रश्न गरेका हौँ, त्यो हाम्रो लागि गरेको हो, उनको भनाइ थियो।

आफूहरू कुनै पद वा हैसियतका लागि नभई पार्टी परिवर्तनका लागि आन्दोलनरत रहेको उल्लेख गर्दै उनले भने, ‘हामी यहाँ केही बन्न आएका होइनौँ। केही बन्न आतुर भएर यो आयोजना गरिएको पनि होइन। प्रश्न पनि केही बन्नका लागि गरिएको होइन।’

कांग्रेस परिवर्तनका लागि तयार रहेको र बदलिएको कांग्रेसले देश बदल्ने जिम्मेवारी लिन सक्छ भन्ने सन्देश दिन दुई दिनसम्म संकल्प गरिएको उनले बताए । ‘नारामा भनिएझैँ कांग्रेस बदलिन तयार छ, र बदलिएको कांग्रेसले देश बदल्ने जिम्मा लिन सक्छ,’ उनले भने ।

बन्दसत्रमा अनुपस्थित पार्टी सभापति, जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरूलाई समेत समेटेर छलफल गरिएको उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘यहाँ उपस्थित नहुनुभएका पार्टी सभापति, जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरू पनि यहाँ उपस्थित हुनुहुन्छ भन्ने ठानेर कुर्सी राखी छलफल गरिरहेका छौँ। किनकि हामी सिङ्गो कांग्रेस बनेर छलफल गरिरहेका छौँ।’

उनले हजारौँ संख्यामा आएका महाधिवेशन प्रतिनिधिहरुको दुई दिन देखीको भेलालाई हल्लासँग नलिन आग्रह गरे । उनले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै दखलअन्दाजी गर्न नहुने पनि बताए ।

यो समाचारमा

काठमाडौँगगन थापानेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...