समानुपातिक बन्दसूचीबाट १७५ जनाले नाम फिर्ता लिए

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

73
Share
Featured
  • समानुपातिकतर्फको बन्दसूचीबाट १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्।
  • सबैभन्दा धेरै लोसपाका ११० जना उम्मेदवारले एकता प्रक्रियाका कारण नाम फिर्ता गरे।
  • जनमत, राप्रपा, एमालेसहित कांग्रेस, माओवादी, रास्वपा र अन्य साना दलका उम्मेदवारहरूले पनि बन्दसूची संशोधन गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीबाट विभिन्न दलका १७५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले सोमबार दिएको समयसीमाभित्र उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन् ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, नाम फिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० जना उम्मेदवार रहेका छन् । लोसपा अन्य दलसँग एकता प्रक्रियामा गएकाले बन्दसूचीमा रहेका सबै उम्मेदवारको नाम फिर्ता लिइएको हो ।

त्यसैगरी, जनमत पार्टीबाट २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १२ जना र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट ५ जनाले नाम फिर्ता लिएका छन् ।

नेपाली काँग्रेस, नेकपा (माओवादी), राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य साना दलका उम्मेदवारहरूले पनि बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएको आयोगले जनाएको छ । दलहरूले गत पुस १३ र १४ गते समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरेका थिए ।

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीप्रतिनिधि सभाजनमत पार्टीनिर्वाचन आयोग
नेपाल कम्युनिष्ट पार्टी (एमाले)6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...