काठमाडौँ
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य र गोप्य कारबाहीका विभिन्न विकल्पबारे ब्रिफिङ दिइएको छ। पेन्टागनका अधिकारीका अनुसार लामो दूरीका मिसाइल आक्रमण, साइबर अपरेशन र मानसिक अभियानका उपायहरू पनि तयारी अवस्थामा छन्।
ट्रम्पले सोमबार इरानसँग व्यापार गर्ने देशहरूमा २५% भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। यसैबीच, मानवअधिकार समूहका अनुसार तीन हप्ताभित्र ६०० भन्दा बढी प्रदर्शनकारी मारिएका छन्। इरानका विदेशमन्त्रीले वार्ता खुल्ला रहेको बताएका छन्, तर “युद्धको लागि तयार” रहेको पनि बताए।
ट्रम्पको सुरक्षा टोलीले सेतो घरमा इरानसम्बन्धी विकल्पहरूको बैठक गर्ने तयारी गरेको छ। ट्रम्पले “थप प्रदर्शनकारीको मृत्यु भएमा कडा कारबाहीका विकल्पहरू” विचार भइरहेको बताए।
इरानमा मुद्रा पतन र आर्थिक असफलतापछि देशमा सरकारको वैधतामा संकट देखिएको छ। आयातमा निर्भर खाद्यान्न र अन्य वस्तुहरूको मूल्य बढ्ने जोखिम रहेको छ।
इरानका सर्वोच्च नेता आयात अली खामेनीले अमेरिकालाई “धोखेबाज” भन्दै, आन्तरिक प्रर्दशन विरोधी र राज्य समर्थित र्यालीको समर्थन गरेका छन्।
इरान मानवअधिकार समूहका अनुसार कम्तीमा ६४८ प्रदर्शनकारी मारिएका छन्, जसमा १८ वर्षमुनिका ९ जना समावेश छन्। इन्टरनेट बन्द हुँदा घटनाको सत्यापना कठिन भइरहेको छ।