६ शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

109
Share
Featured
  • बढुवा समितिले ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
  • सिफारिस ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा गरिएको हो।
  • इन्जिनियरिङ, सर्भे र कृषि सेवाका विभिन्न समूहबाट अधिकृतहरू बढुवाका लागि छनोट भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बढुवा समितिको सचिवालयले ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई बढुवा सिफारिस गरिएको जनाएको हो ।

सिफारिस हुनेहरूमा नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूहबाट अनिल खत्री तथा सर्भे समूहबाट राजु कुमार द्विवेदी, राजमान श्रेष्ठ र द्वारिकानाथ धिताल रहेका छन् ।

त्यसैगरी, कृषि सेवातर्फ कृषि प्रसार समूहबाट नवराज पण्डित र बागवानी समूहबाट रामकुमार यादवलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।


यो समाचारमा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चितवनको पुँजीगत खर्च ५८ प्रतिशत मात्रै

    चितवन । चितवन जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८.४१ प्रतिशत खर्च भएको छ ।चितवन बिकासका लागि प्राप्त १० अर्ब २१ करोड ८५ लाखमध्ये पाँच अर्ब ९६ करोड ९३ लाख खर्च भएको हो ।कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख भिमार्जुन ज्ञवालीले पूँजीगततर्फ बजेट खर्च कम हुनुमा निर्धारित समयमा ठेक्काको काम

    Data is loading...

    Loading brands...

    Loading footer...