असार मसान्तभित्र ३ हजार बचतकर्ताको ९ करोड फिर्ता गर्ने बागमती प्रदेशको तयारी

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

9
Share
Featured
  • समस्याग्रस्त घोषित पाँच बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई मंगलबारदेखि अधिकतम एक लाख रुपैयाँसम्मको बचत रकम फिर्ता गर्न सुरु गरिएको छ।
  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित कार्यक्रममा बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नेछन्, र असार मसान्तभित्र वितरण सम्पन्न गर्ने तयारी गरिएको छ।
  • करिब नौ करोड रुपैयाँ व्यवस्थापन भइसकेको समितिले करिब तीन हजार साना बचतकर्तालाई रकम फिर्ता गर्ने लक्ष्य राख्दै ठूला ऋणीलाई ऋण तत्काल चुक्ता गर्न पनि आग्रह गरेको छ।
  • समाचार सारांशGenerated using AI.

    काठमाडौं । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मंगलबारदेखि ५ वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ ।

    समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम एक लाखसम्मको बचत रकम फिर्ता गर्न लागिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिए ।

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्ने छन् । केही दिनअघि मुख्यमन्त्री बानियाँको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो ।

    यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्नेगरी तयारी भइरहेको समिति सदस्य ढकालले जानकारी दिए । समितिले बचतकर्ताको विवरण ‘भेरिफाइड’ गर्ने काम सम्पन्न गरेको छ ।

    बचतकर्तालाई रकम फिर्ता गर्न करिब नौ करोड जम्मा भइसकेको छ । समितिले सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताका एक लाखसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई १० हजारसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ । यससँगै पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ताले रकम फिर्ता पाउने समितिका सदस्य ढकालले जानकारी दिए ।

    समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो ।

    यो समाचारमा

    बागमती प्रदेशललितपुर

    ट्यागहरू

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      विश्वभर एआईको माग बढ्दा चिनियाँ निर्यातमा उछाल, जुन महिनामा २७ प्रतिशतको वृद्धि

      एजेन्सी । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ । अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको छ ।चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै

      Data is loading...

      Loading brands...

      Loading footer...