समानुपातिक उम्मेदवारलाई नाम फिर्ता लिन आज ४ बजेसम्मको समय

Author

सजिलो पत्रिका

२०८२ पुस २८, सोमबार

39
Share
Featured
  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूले आज अपरान्ह ४ बजेसम्म नाम फिर्ता लिन सक्नेछन्।
  • उम्मेदवारी फिर्ता प्रक्रिया बिहान १० देखि अपरान्ह ४ बजेसम्म समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ, वारेसमार्फत पनि फिर्ता लिन मिल्नेछ।
  • प्रतिनिधिसभाका २७५ सदस्यमध्ये समानुपातिक प्रणालीबाट ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूले आज (सोमबार) अपरान्ह ४ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् ।

निर्वाचन आयोगका अनुसार, राजनीतिक दलहरूले गत पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा निवेदन दिन सक्नेछन् ।

समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

यो समाचारमा

निर्वाचन आयोगप्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...