मकवानपुरमा पृथ्वी जयन्ती : हरेक सरकारी निकायमा पृथ्वीनारायणको तस्बिर राख्न सुझाव

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

61
Share
Featured
  • पृथ्वीनारायण शाहको स्मरण: मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजित कार्यक्रममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती र राष्ट्रिय एकता दिवस मनाइएको छ।
  • राष्ट्र र एकताको महत्त्व: वक्ताहरूले शाहको दिव्य उपदेशलाई आत्मसात् गर्दै समाजमा एकता कायम राख्नुपर्ने र जातीय विभाजन बढाउने गतिविधि विरुद्ध सचेत रहनुपर्ने जोड दिएका छन्।
  • राजनीतिक उद्देश्य: राप्रपा अध्यक्ष गुरुप्रसाद सापकोटाले शाहको मार्गदर्शनमा पार्टीले राजसंस्थालाई वैधानिक बनाउने अभियान अघि बढाइरहेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मकवानपुरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको आयोजनामा हेटौडा उपमहानगरपालिका–४ स्थित वीरेन्द्र बाटिकामा कार्यक्रम सम्पन्न भएको कार्यवाहक अध्यक्ष सागर थापाले जानकारी दिए ।

कार्यक्रममा राप्रपा बागमती प्रदेश सचिव गुञ्जनबहादुर न्यौपानीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले दिएको दिव्य उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै त्यसलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताए । उनले हरेक मन्त्रालय तथा सरकारी निकायमा पृथ्वीनारायण शाहको तस्विर राखिनुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटाले पृथ्वीनारायण शाहको दिव्य उपदेशकै मार्गदर्शनमा पार्टीले राजसंस्थालाई वैधानिक बनाउने अभियान अघि बढाइरहेको स्पष्ट पारे।

कार्यक्रममा जनजाति विभाग प्रमुख सुक्रराज प्रजाले पृथ्वीनारायण शाहले सम्पूर्ण नेपाललाई एकीकरण गरेको स्मरण गराउँदै अहिले जातजातिको नाममा समाजलाई जुधाउने र विभाजन बढाउने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

उनले मंगोल युद्ध एसोसिएसनजस्ता गतिविधिले सामाजिक सद्भावमा नकारात्मक असर पु¥याइरहेको बताए।

कार्यक्रममा विभिन्न वक्ताहरूले पृथ्वीनारायण शाहको योगदान, राष्ट्रिय एकताको महत्व र वर्तमान राजनीतिक अवस्थाबारे आ–आफ्ना धारणा राखेका थिए ।

यो समाचारमा

पृथ्वीनारायण शाहबागमती प्रदेशराष्ट्रिय प्रजातन्त्र पार्टीहेटौडा उपमहानगरपालिका
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...