रास्वपाद्वारा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

Author

सजिलो पत्रिका

२०८२ पुस २७, आइतबार

59
Share
Featured
  • रास्वपाले समानुपातिक तर्फका उम्मेदवारहरूको अद्यावधिक सूची आज निर्वाचन आयोगमा बुझाएको छ।
  • उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि सूची परिमार्जन गरिएको हो।
  • आयोगले कानुनी प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली सार्वजनिक गर्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको अद्यावधिक नामावली आज बिहान निर्वाचन आयोगमा बुझाएको छ ।

आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको प्रवक्ता मनिष झाले बताए । उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि सूची बुझाइएको हो ।

पार्टीका अनुसार निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिक उम्मेदवारहरूको सूची परिमार्जन गरी समयमै बुझाइएको हो । उक्त सूचीमा समावेश उम्मेदवारहरू विभिन्न पृष्ठभूमि, क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी चयन गरिएको पार्टीले जनाएको छ ।

निर्वाचन आयोगले बुझाइएका सूचीहरूको अध्ययन गरी कानुनी प्रक्रिया पूरा भएपछि अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरू उम्मेदवार छनोट र दर्ता प्रक्रियालाई तीव्र बनाइरहेका छन् ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोगराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...