आगामी चुनाव रुकुम पूर्वबाट लड्ने प्रचण्डको घोषणा

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

36
Share
Featured
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने घोषणा गरे।
  • उनले रुकुमका जनताको विकास र सुखदुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।
  • पार्टी छाडेर गएका नेताहरूको बावजुद जनता र कार्यकर्ता क्रान्तिको पक्षमा एकताबद्ध रहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले फागुन २१ गते हुने चुनावमा आफ्नो उम्मेदवारी रुकुम पूर्वबाट निश्चित भएको बताएका हुन् ।

"अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट चुनाव लड्ने निश्चित भएको छ," प्रचण्डले भने, "पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु ।"
उनले रुकुमका जनताको विकासको चाहना पूरा गर्न र उनीहरूको सुखदुःखमा साथ दिन आफू प्रतिबद्ध रहेको बताए । "तपाईंहरूको लागि हेडक्वाटरको ढोका सधैँ खुला हुनेछ," उनले भने ।
पार्टी छाडेर गएका नेता जनार्दन शर्माप्रति लक्षित गर्दै प्रचण्डले रुकुमका नेता विचलित भए पनि जनता र कार्यकर्ता क्रान्तिको पक्षमा एकताबद्ध रहेको भन्दै धन्यवाद दिए । "रुकुमका नेता पलायन भए, तर जनता र कार्यकर्ता भगौडाको पछि लागेनन्," उनले भने ।

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टीप्रतिनिधि सभाजनार्दन शर्मा
पुष्पकमल दाहाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...