बेन्कार्डोको ‘साथ सहयोग’ कार्यक्रम सम्पन्न, स्मार्ट किचन होम सोलुसन भर्टिकल सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

68
Share
Featured
  • बेन्कार्डोले काठमाडौंमा ‘बेन्कार्डो साथ सहयोग’ कार्यक्रम र स्मार्ट किचनका लागि होम सोलुसन भर्टिकल औपचारिक रूपमा सार्वजनिक गरेको छ।
  • कम्पनीले वितरक तथा डिलर साझेदारहरूसँग दीर्घकालीन सहकार्य, आपसी विश्वास र संयुक्त व्यवसाय विस्तारमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।
  • नयाँ होम सोलुसन भर्टिकलअन्तर्गत चिम्नी, हब्स, कुकटप र गिजरजस्ता आधुनिक, प्रविधियुक्त र किफायती उत्पादनहरू समावेश छन्।
  • नेपालमा ५ सयभन्दा बढी टचपोइन्ट र सेवा सञ्जालमार्फत ‘किफायती लक्जरी’ अवधारणामा आधारित बाथवेयर तथा किचनवेयर सेवा दिँदै आएको बेन्कार्डोले च्यानल पार्टनरसँगको सम्बन्ध थप मजबुत बनाउने सन्देश दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बहुराष्ट्रिय बाथवेयर तथा होम सोलुसन ब्रान्ड बेन्कार्डोले ‘बेन्कार्डो साथ सहयोग’ कार्यक्रम तथा स्मार्ट किचनका लागि होम सोलुसन भर्टिकलको औपचारिक सार्वजनिकरण गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा बेन्कार्डोले होम सोलुसन भर्टिकल सार्वजनिक गरेको हो । बेन्कार्डोले आफ्ना वितरक तथा डिलर साझेदारहरूसँग दीर्घकालीन सहकार्य, आपसी विश्वास र व्यवसायिक सुदृढीकरणप्रतिको प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।

सोही अवसरमा कम्पनीले ‘बेन्कार्डो सहकार्य’ पहल पनि सार्वजनिक गरेको छ, जसको उद्देश्य च्यानल पार्टनरहरूसँग अझ नजिकबाट काम गर्दै संयुक्त व्यवसाय विस्तार गर्नु र अन्तिम उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नु रहेको बताइएको छ ।

सन् २००३ मा हङकङमा स्थापना भएको बेन्कार्डोको हाल नेपाल, भारत, कतार तथा संयुक्त अरब इमिरेट्समा दर्ता कार्यालय रहेका छन् । नेपालमा कम्पनीले सन् २०१४ देखि औपचारिक रूपमा कारोबार सुरु गरेको हो । चीन र भारतमा उत्पादन इकाइहरू रहेको बेन्कार्डोमा विश्वभर २०० भन्दा बढी दक्ष जनशक्ति कार्यरत छन् ।

कम्पनीका अनुसार नेपालभर ५ सयभन्दा बढी टचपोइन्ट, १० भन्दा बढी वितरण केन्द्र र २० भन्दा बढी प्राविधिक सहितको सेवा सञ्जालमार्फत छिटो तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ । बेन्कार्डोले नेपाली उपभोक्तालाई लक्षित गर्दै ‘किफायती लक्जरी’ अवधारणामा आधारित बाथवेयर तथा किचनवेयर उत्पादनहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा कम्पनीले स्मार्ट किचनका लागि नयाँ होम सोलुसन भर्टिकल सार्वजनिक गरेको हो । यसअन्तर्गत चिम्नी, हब्स, कुकटप तथा गिजरजस्ता उत्पादनहरू समावेश छन् । यी उत्पादनहरू आधुनिक डिजाइन, नवीन प्रविधि र किफायती मूल्यमा नेपाली भान्सा तथा बाथरूमको आवश्यकता अनुसार तयार गरिएको कम्पनीको दाबी छ ।

‘बेन्कार्डो साथ सहयोग’ तथा ‘बेन्कार्डो सहकार्य’ कार्यक्रममार्फत कम्पनीले च्यानल पार्टनरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै गुणस्तरीय सेवा, विश्वसनीयता र दीर्घकालीन व्यवसायिक सहकार्यलाई प्राथमिकतामा राख्ने स्पष्ट सन्देश दिएको छ ।

यो समाचारमा

भारतकतारनेपालसंयुक्त अरब इमिरेट्स
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनको मूल्य २ लाख ८५ हजार माथि, चाँदीको भाउमा गिरावट

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा ४०० ले बढेको छ भने चाँदी ९० ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मोल दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार

    Data is loading...

    Loading brands...

    Loading footer...