राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

45
Share
Featured
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राष्ट्रिय शक्तिहरूबीच संवाद र राष्ट्रिय सहमति आवश्यक रहेको औंल्याएका छन्।
  • पौष २७ गते पृथ्वी जयन्ती अवसरमा आयोजित जलपान समारोहमा विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गरी यस्तो निष्कर्षमा पुगेको बताएका छन्।
  • उनका अनुसार अबको मार्ग कसैले नजित्ने, नहार्ने तर देशले जित्ने हो र त्यसका लागि साझा सहमति अपरिहार्य छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका छन् ।

पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहका लागि विभिन्न देशका नेताहरुले भेटेरै निमन्त्रणा दिएपछि सामाजिक संजालमार्फत उनले यस्तो बताएका हुन् ।

उनले अबको एकमात्र बाटो कसैले नजित्ने र नहार्ने एवम देशले जित्ने सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका हुन् ।

‘पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहको निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री सुशीला कार्की, नेकाका सभापति शेर बहादुर देउबा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट र छलफल गर्ने अवसर प्राप्त भयो।

गम्भीर र तरल अवस्थामा रहेको साझा निष्कर्ष। अबको एकमात्र बाटो कसैले नजित्ने नहार्ने देशले जित्ने सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति,’ सामाजिक संजालमा उनले लेखेका छन् ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)सुशीला कार्कीकाठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी
खड्गप्रसाद शर्मा ओली9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...