गोलबजारमा लागू औषधविरुद्ध कडा कारवाही, ३ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

45
Share
Featured

काठमाडौँ

गोलबजार इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदन केसीको सक्रिय नेतृत्व र कमाण्डमा लागू औषधविरुद्ध सशक्त कारवाही गरिएको छ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक केसीको निर्देशनमा खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका , सिराहा–६, लक्ष्मीटोलस्थित खैरो हिरोइन जस्तो देखिने पदार्थसहित ३ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइन जस्तो देखिने पदार्थ ९ ग्राम १०० मिलिग्राम तथा नगद रु. ५८ हजार बरामद गरेको जनाएको छ।

नियन्त्रणमा पर्ने व्यक्तिहरूमा गोलबजार नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन विश्वकर्मा, २८ वर्षीय बसन्त श्रेष्ठ र ३६ वर्षीय संजित मोहन रहेका छन्।

पक्राउ परेका तीनै जनालाई लागू औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

इन्स्पेक्टर सुदन केसीको नेतृत्वमा गोलबजार क्षेत्रमा लागू औषध ओसारपसार तथा बिक्रीवितरणविरुद्ध निरन्तर कडाइका साथ अभियान चलाइँदै आएको छ।

प्रहरीको यस कारवाहीले समाजमा लागू औषधविरुद्ध सकारात्मकसन्देश गएको स्थानीयवासीहरूले बताएका छन्।

यो समाचारमा

गोलबजार नगरपालिका , सिराहाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...