विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

34
Share
Featured
  • गगन थापाले विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर फैलाइएको भ्रम गलत भएको बताएका छन्।
  • विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको मागमा विशेष महाधिवेशन वैधानिक भएको र यसले पार्टी कमजोर नभई नागरिकसँग जोड्ने उनको भनाइ छ।
  • भदौ २३–२४ पछिको बद्लिएको राजनीतिक अवस्थाको समीक्षा र सुधारका लागि विशेष महाधिवेशन अपरिहार्य रहेको उनले जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर फैलाइएको भ्रम गलत भएको बताएका छन् ।

पार्टी विधानअनुसारको अधिकार प्रयोग गरेर महाधिवेशन माग्नु कांग्रेस कमजोर बनाउने होइन, बरु पार्टीलाई नागरिकसँग पुनः जोड्ने प्रयास भएको उनको भनाइ छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी नहुन नेताहरूलाई दबाब, फोन र चेतावनी दिइएको आरोप लगाए ।

‘पार्टी फुट्छ भनेर साथीहरूलाई नआउनुस् भन्ने दबाब छ, निर्वाचन आउँदै छ भनेर डर देखाइँदै छ,’ उनले भने, ‘यो जिम्मेवार व्यवहार होइन ।’
महामन्त्री थापाले महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता व्यक्त गरिसकेको स्मरण गराउँदै आफूहरूको उद्देश्य पार्टीभित्र विग्रह ल्याउने नभएको स्पष्ट पारे । ‘हामी कांग्रेस कमजोर बनाउन होइन, नागरिकसँग कांग्रेस जोड्न खोजिरहेका छौँ,’ उनले भने ।
थापाले नियमित महाधिवेशनको कार्यतालिका घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक छैन भन्ने कार्यवाहक सभापतिद्वारा वाचन गरिएको प्रस्तावलाई विधानको अपव्याख्या गरिएको बताए ।

‘विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे विशेष महाधिवेशनको अधिकार दिएको छ,’ उनले भने, ‘यसलाई विभाजनतर्फ लैजान्छ भन्ने हौवा फैलाइएको छ, तर विधानको कार्यान्वयन विभाजन होइन ।’

उनले भदौ २३ र २४ गते भएका घटनापछि देशको राजनीतिक अवस्था गम्भीर रूपमा बद्लिएको उल्लेख गर्दै त्यसको समीक्षा, आत्ममूल्यांकन र नेतृत्व–नीति सुधारका लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताए । ‘भदौ २२ अघि र भदौ २५ पछिको नेपाल एउटै छैन,’ उनले भने, ‘नागरिक असन्तुष्टि किन भयो, हाम्रो भूमिका के रह्यो, कहाँ चुक्यौँ, यो छलफल नगरी अघि बढ्न सकिँदैन ।’

महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरू पार्टीविरोधी नभई विधानले दिएको अधिकार प्रयोग गरिरहेका पार्टीका जिम्मेवार सदस्य भएको बताए । ‘पार्टी टुट्नु भनेको औपचारिक विभाजन होइन, कार्यकर्ताको मन टुट्नु हो,’ उनले भने, ‘संवाद गरेर, सुनेर अघि बढे पार्टी एकताबद्ध रहन्छ ।

२७ र २८ गते आयोजना हुन लागेको विशेष महाधिवेशन विधानसम्मत भएको दाबी गर्दै थापाले पार्टी सभापतिलाई त्यसमा सहभागी हुन आग्रह गरे । ‘सभापति सहभागी हुनुभयो भने पार्टीको मान बढ्छ र सहमतिका ढोका खुल्छ,’ उनले भने ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसगगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...