ब्रिटिस कलेजमा देखिएको विवाद समाधानउन्मुख

Author

सजिलो पत्रिका

२०८२ पुस २४, बिहिबार

42
Share
Featured
  • थापाथलीस्थित द ब्रिटिस कलेजमा देखिएको विवाद शिक्षा मन्त्रालयको निर्देशनपछि समाधानतर्फ उन्मुख भएको छ।
  • मन्त्रालयले २०२६ देखि टिबीसी–दुबई एचएम कार्यक्रम बन्द र फाउन्डेसन इयरको प्रचारमा रोक लगाउने कडाइ गरेको छ।
  • आन्दोलनरत विद्यार्थीहरू केही असन्तुष्टि कायमै रहेको बताउँदै अडान नछाडेको अवस्थामा कलेज प्रशासनले भने अवस्था सामान्य बन्दै गएको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

थापाथलीमा रहेको द ब्रिटिस कलेजमा देखिएको विवाद समाधानउन्मुख देखिएको छ ।

कलेज सञ्चालकहरूले झुक्क्याएर रकम असुलेको र दुबइमा इन्टर्नसिप भनेर कामदारका रूपमा पठाएको भन्दै आन्दोलन गरिरहेका विद्यार्थी पनि मत्थर देखिएका छन् ।

विद्यार्थीहररु आफूहरूमाथि शिक्षाको नाममा ठगी भएको भन्दै सामाजिक सञ्जालमा सक्रिय रुपमा विरोध जनाइरहेका थिए । तर शिक्षा मन्त्रालयले कलेज प्रशासनलाई एक निर्देशनात्मक आदेशसहितको पत्र पठाएपछि विवाद साम्य हुँदै गएको हो ।

कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलका अनुसार मन्त्रालयको परिपत्रले अवस्था सामान्य हुँदै गएको छ । मन्त्रालयले सन् २०२६ देखि टिबीसी र दुबईको एचएम कार्यक्रम बन्द गर्नुपर्ने, फाउन्डेसन इयरका कोर्सहरूको प्रचार गर्न नपाइनेलगायतका विषयमा कडाइ गरेको हो ।

तर कलेज प्रशासनले मन्त्रालयबाट प्राप्त बुँदागत निर्देशनमा उल्लेख भएको बुँदा नम्बर दुईका सन्दर्भमा अन्योलता भएको जनाएको छ । आन्दोलनरत विद्यार्थीहरुले भने अझै केही असन्तुष्टि रहेको र केही विषयमा अडान कायम राखेको जनाएका छन् ।

यसअघि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरुलाई १० बुँदे निर्देशन दिएको थियो ।

शिक्षामन्त्री महावीर पुनले मन्त्रीस्तरीय निर्णय गर्दै विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाहरुलाई निर्देशन दिएका हुन् ।

यो समाचारमा

महावीर पुनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...