राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

33
Share
Featured
  • एमाले नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहिन नभई प्रभावकारी सदनका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त।
  • संविधान, महत्वपूर्ण कानुन र पार्टी नीति–सिद्धान्त स्थापित गर्न राष्ट्रिय सभामा सक्रिय भूमिका रहने बताइन्।
  • व्यक्तिवादभन्दा पार्टीको विचार, सिद्धान्त र कार्यक्रमअनुसार जिम्मेवारी निर्वाह गर्ने स्पष्ट धारणा।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)की नेतृ राम कुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहिन होइन प्रभावकारी सदनको रुपमा स्थापित गर्ने बताएकी छन् ।

राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारमा चयन भएपछि उनले राष्ट्रिय सभा प्रभावहिन सदन हो भन्ने बुझाई रहेको भन्दै यसलाई प्रभावकारी बनाउने र संविधान स्थापित गर्ने काममा आफ्नो भूमिका रहने बताइन् ।

उनले भनिन्, ‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने हुन्छ र राष्ट्रिय सभा प्रभावहिन सदन हो भन्ने होइन कि एकदमै प्रभावकारी थलो हो । यसले कतिपय महत्वपूर्ण कानूनमा पनि भूमिका निर्वाह गरेको हुन्छ । साथै हाम्रो टिमले राष्ट्रिय सभाको सदस्यहरुले पनि प्रभावकारी काम गर्छन् भन्ने कुरा देखाउनुपर्छ । संविधान र पार्टी नीति सिद्धान्त स्थापित गर्नको लागि पनि मेरो भूमिका राष्ट्रिय सभामा हुनेछ ।’

राष्ट्रिय सभालाई विज्ञ र अनुभविहरुको सभा भनेर मानिन्छ भने त्यसको नयाँ अभ्यासको सुरुवात पनि गर्नुपर्ने उनको भनाई छ ।

साथै, उनले दलिय व्यवस्थामा व्यक्तिको हिरोइजम होइन पार्टीको विचार, सिद्धान्त र कार्यक्रम अनुसार काम गर्नुपर्ने भन्दै पार्टीले दिएको जिम्मेवारलाई प्रभावकारी रुपमा निर्वाह गर्ने बताइन् ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँराम कुमारी झाँक्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...