ललितपुरमा बाबु-छोराबीच झगडा, बाबु घाइते

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

42
Share
Featured
  • ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलमा बाबु–छोराबीचको घरायसी विवाद उग्र बन्दा बाबु घाइते भए।
  • ५७ वर्षीय सनबहादुर तामाङको छाती र घाँटीमा चोट लागेको छ; मिडसिटी अस्पतालमा उपचाररत छन् र अवस्था मध्यम (बोल्न सक्ने) छ।
  • छोरा डेबिड तामाङलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ; प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ललितपुरको गोदावरी नगरपालिका, ललितपुर-४, बडिखेलमा बाबु र छोराबीच भएको घरायसी विवादले उग्र रूप लिँदा बाबु घाइते भएका छन् ।

५७ वर्षीय सनबहादुर तामाङ र उनका ३० वर्षीय छोरा डेबिड तामाङबीच भएको झगडामा सनबहादुर घाइते भएका हुन् । उनको छाती र घाँटीमा चोट लागेको छ ।

घटनालगत्तै प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले घाइते सनबहादुरलाई उद्धार गरी गोदावरीस्थित मिडसिटी अस्पतालमा भर्ना गरेको छ । उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने प्रहरीले जनाएको छ ।

छोरा डेबिडलाई भने सामान्य उपचारपछि अस्पतालले डिस्चार्ज गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचारमा

ललितपुरगोदावरी नगरपालिका, ललितपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...