शीतलहरले कैलालीमा विद्यालय एक हप्ता बन्द, जनजीवन कष्टकर

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार ००:३१

33
Share
Featured
  • लगातारको शीतलहर र चिसोका कारण कैलालीको गौरीगंगा नगरपालिकाले पुस २४ देखि माघ २ सम्म नगरका सबै विद्यालयहरू एक हप्ताका लागि बन्द गर्ने निर्णय।
  • बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण कैलालीसहित तराईका जिल्लाहरूमा दैनिक जीवन कष्टकर बनेको; स्थानीय तहले चोक-चोकमा आगो ताप्न दाउरा वितरण।
  • चिसोले आलु, तोरी जस्ता हिउँदे बालीमा डढुवा रोग बढाएको; धनगढीको तापक्रम निरन्तर घटिरहेको छ, पहाडी क्षेत्रमा भने घाम लाग्ने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

लगातारको शीतलहर र बढ्दो चिसोका कारण कैलालीको गौरीगंगा नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरू एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै नगरपालिकाले पुस २४ देखि माघ २ गतेसम्म बिदा दिएको हो ।

बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण कैलालीसहित तराईका जिल्लाहरूको जनजीवन कष्टकर बनेको छ । चिसोबाट बच्न धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकालगायतका स्थानीय तहले चोक-चोकमा आगो ताप्नका लागि दाउरा वितरण गरेका छन् ।

शीतलहरका कारण धनगढीको तापक्रम निरन्तर घटिरहेको छ । चिसोले आलु, तोरी जस्ता हिउँदे बालीमा डढुवा रोगको प्रकोप देखिएको किसानहरूले बताएका छन् । पहाडी क्षेत्रमा घाम लागे पनि तराईका जिल्लाहरू भने बाक्लो हुस्सु र कुहिरोले ढाकिएका छन् ।

यो समाचारमा

गौरीगंगा नगरपालिकाकैलालीकाठमाडौँ

ट्यागहरू

#विद्यालय#कैलाली#तापक्रम#बन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    बझाङ दुर्घटनाका घाइतेको सेनाद्वारा हवाई उद्धार

    कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    भजनी स्वास्थ्य केन्द्रले रोक्यो बिमा सेवा, निजी क्लिनिक जान बाध्य बन्दै स्थानीय

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू