धनुषा मस्जिद तोडफोड विवाद : सद्भाव कायम गर्ने सर्वपक्षिय निर्णय

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

41
Share
Featured

काठमाडौँ

धनुषाको कमला नगरपालिका, धनुषामा भएको मस्जिद तोडफोड विवाद देशव्यापी चर्किरहेको बेला जनकपुरधाममा सर्वपक्षिय बैठक बसेर सद्भाव कायम गर्ने निर्णय गरिएको छ ।

मंगलबार (आज) धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा सामाजिक सद्भाव र एकता कायम गर्न सबै पक्षबाट आवश्यक समन्वय, सहयोग र द्वन्द्व न्यूनकिरणका लागि सकृय रुपमा लाग्ने निर्णय गरिएको छ ।

सद्भाव कायम राख्न सम्पूर्ण धर्म, समुदाय, राजनैतिक पार्टीहरुले आ आफ्नो तर्फबाट प्रयास गर्दै कुनै पनि पक्ष वा व्यक्तिले धार्मिक, सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्ने÷नगराउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइटेलले जानकारी दिए ।

उनले मस्जिद तोडफोड र धार्मिक ग्रन्थ जलाउने कार्यमा संलग्नहरुलाई कानुन बमोजिम कारवाही हुने प्रतिबद्धता जाहेर गरे । लुइटेलले अपशब्द प्रयोग गरी हिन्दू धर्म प्रति टिप्पनी गरेर टिकटक भिडियो बनाउने माथि पनि कानुन बमोजिम सजाय हुने बताए ।

उनले धनुषाबाट सुरु भएको दुबै समुदायबीचको द्वन्द्व देशभर फैलिसकेकोले अब सबैलाई शान्त हुन आग्रह गरे ।

यो समाचारमा

कमला नगरपालिका, धनुषाधनुषाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...