बालेन प्रधानमन्त्री बन्ने हो भने पहिले जेनजीका माग पूरा गर्नुपर्छ : दुर्गा प्रसाईं

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

19
Share
Featured
  • दुर्गा प्रसाईँले बालेन शाहलाई प्रधानमन्त्री बन्ने चाहना भए पहिला जेनजीका माग पूरा गर्न चुनौती दिए।
  • उनले जेनजी नेतृत्व र मिडियाको भूमिकाप्रति आलोचना गर्दै आन्दोलनमा घाइते युवाहरूको पक्षमा आवाज नउठाइएको आरोप लगाए।
  • आफू जेनजीलाई अगाडि राखेर सहयोगी भूमिकामा रहने र गरिबी हटाउने सोचसहित राजनीति गर्न प्रसाईँले आग्रह गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाद प्रसाईले काठमाडौं महानगरप्रमुख बालेन्द्र शाह (बालेन) शाहलाई चुनाव लड्ने र देशको प्रधानमन्त्री बन्ने हो भने पहिला जेनजीको माग पूरा गर्न चुनौति दिएका छन् ।

मंगलबार जेनजी र महाअभियानसहित राष्ट्रवादी समूहहरुको संयुक्त जनआन्दोलन घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘म २३ गतेको आन्दोलनमा सहभागी हुँदा बालेनजीले कुनै राजीतिक दलका नेता र बैलाहा अभियान्ताहरु नआउनुहोला भन्नुभयो । म होइन तपाई बौलाहा हो । तपाईलाई चुनाव लड्ेर देशको प्रधानमन्त्री बन्ने इच्छा छ भने पहिला जेनजीको माग पूरा गर्नुहोस् ।’

त्यस्तै उनले जेनजी अगुवा रक्षा बमप्रति पनि आलोचना गरेका छन् ।

‘विश्वमा चिनिने एउटा सगरमाथा हो अर्को सिंहदरबार । तर सिंहदरबारमा आगो योजना बनाएर लगाइयो । आगो लगाइएको सिंहदरमा अगाडि गएर एउटा फोटो खिच्ने लड्कीलाई जेनजीको लिडर मानियो । मिडियाहरुले लिडर भन्दै लेखेका छन् । जेनजीहरु आज छटपटाएर हस्पिटलमा छन् तर मिडियाहरुले उनीहरुको बारेमा लेख्दैन्,’उनले भने

प्रसाईँले आफूले जेनजीहरुलाई सहयोग गर्दा प्रधानमन्त्रीको माग नगरेको बताउँदै जेनजीहरुलाई अगाडि सारेर पछाडि गोठालोको काम गर्न आफू तयार रहेको बताए ।

‘जेनजीहरुलाई सहयोग गर्दा प्रधानमन्त्रीको माग गरेको छैन् । जेनजीहरुलाई अगाडि सारेर म पछाडि गोठालोको काम गर्ने छु,’ उनले भने । उनले मेयर शाहलाई गरिव होईन् गरिवी हटाउने सोच लिएर आउन सुझाए ।

यो समाचारमा

दुर्गा प्रसाद प्रसाईबालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...