वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त, मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरू

Author

सजिलो पत्रिका

२०८३ असार ३०, मङ्गलबार

3
Share
Featured

मन्त्रिपरिषद्ले बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नुका साथै विपद् तथा उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।
बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय पनि गरेको छ ।
साथै, राष्ट्रिय दुग्ध विकास बोर्डमा कार्यकारी अध्यक्ष नियुक्त गर्ने र मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ ।

समाचार सारांशGenerated using AI.
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट पारित भएका पाँच महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरूको जानकारी दिएका हुन्।

बैठकले बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, विपद् तथा खोज-उद्धार कार्यमा संलग्न सशस्त्र प्रहरी बलका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरिएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरिएको सरकारले जनाएको छ।

मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विषयमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयनमा लैजाने निर्णयसमेत बैठकले गरेको सरकारका प्रवक्ताले जानकारी दिए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पर्यटक लोभ्याउँदै मुसिकोटको ‘ठूली दह’

    रुकुमपश्चिम । मुसिकोट नगरपालिका-७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घनाजंगलको बीचमा हरियाली मैदान, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्य रहेको ‘ठूली दह’ क्षेत्र पुग्ने जोकोहीलाई हर्षित तुल्याउन गरेको छ ।मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदलयात्रापछि पुगिने ठूली दह बिदामा घुम्न

    Data is loading...

    Loading brands...

    Loading footer...