परिणाम स्वीकार्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल आधार हो : ईश्वर पोखरेल

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार

23
Share
Featured
  • एमाले नेता ईश्वर पोखरेलले महाधिवेशनको परिणाम स्वीकार गर्नु नै प्रतिस्पर्धात्मक राजनीतिकाे मूल मर्म भएको बताए।
  • जित–हार दुवै स्वीकार गर्न सक्नुलाई लोकतान्त्रिक संस्कार र प्रतिस्पर्धात्मक राजनीतिमा सहभागी हुने आधार माने।
  • सबै दलले लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्ने र एमालेले यस अभ्यासलाई सुदृढ गर्दै लगिरहेको उनले स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता ईश्वर पोखरेलले एघारौँ महाधिवेशनको परिणामलाई स्वीकार गर्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल मर्म भएको बताएका छन् ।

महाधिवेशनमा पराजित भएपछि नेपाल न्युज बैंकसँग आफ्नो धारणा स्पष्ट राख्दै पोखरेलले प्रतिस्पर्धात्मक राजनीतिमा सहभागी हुने जोकोहीले त्यसबाट आउने परिणामलाई स्वीकार गर्न सक्नुपर्ने बताए ।

‘प्रतिस्पर्धामा जानु भनेको जितहार दुवैलाई स्वीकार गर्ने तयारीसहित अगाडि बढ्नु हो । परिणाम स्वीकार गर्न नसक्ने वा स्वीकार गर्न आँट नगर्नेहरू वास्तवमा प्रतिस्पर्धात्मक राजनीति गर्ने मान्छे हुँदैनन्,’ उनले भने ।

उनले प्रतिस्पर्धात्मक राजनीतिका आफ्नै चुनौती र समस्याहरू हुने उल्लेख गरे । ती विषयमा अलग–अलग छलफल गर्न सकिने भएपनि समग्र रूपमा प्रतिस्पर्धाबाट आएको परिणामलाई स्वीकार गर्दै अघि बढ्नु लोकतान्त्रिक संस्कारको अनिवार्य पक्ष भएको उनको भनाइ थियो ।

पोखरेलले जनताको बहुदलीय जनवाद पार्टी जीवनको लोकतन्त्रीकरणसँग जोडिएको अवधारणा भएको उल्लेख गर्दै त्यसको एक महत्वपूर्ण अंग प्रतिस्पर्धात्मक राजनीति नै भएको बताए । ‘प्रतिस्पर्धालाई स्वीकार गर्नु भनेको लोकतन्त्रलाई आत्मसात् गर्नु हो,’ उनले बताए ।

त्यस्तै, उनले नेकपा एमाले मात्र नभई नेपालका सबै राजनीतिक दल र तिनका नेताहरूले लोकतान्त्रिक बाटोबाटै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

पार्टीभित्रको संरचना र नेतृत्व चयन प्रक्रियासमेत लोकतान्त्रिक अभ्यासको अर्को स्वरूप भएको बताउँदै पोखरेलले नेकपा एमालेले यस मान्यतालाई स्वीकार गरेर नै अगाडि बढिरहेको स्पष्ट पारे ।

एमालेले प्रतिस्पर्धात्मक राजनीतिलाई स्वीकार गरेको छ र त्यसलाई अझ सुदृढ गर्दै अगाडि बढाउन चाहन्छ, पोखरेलले भने ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ईश्वर पोखरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...